• २०८१ पौष २२ सोमबार

सिड्नी टेस्टमा भारतको कमब्याक, पहिलो इनिंगमा ४ रनको अग्रता

kharibot

काठमाडौँ । भारतविरुद्धको सिड्नी टेस्टमा अस्ट्रेलिया पहिलो इनिंगमा १८१ रनमा अल आउट भएको छ ।

बोर्डर–गावस्कर सिरिज अन्तर्गतको पाँचौं तथा अन्तिम खेलमा अस्ट्रेलिया अलआउट हुदै १८१ रन बनाएको हो ।

अस्ट्रेलियाका लागि डेभ्यु खेल खेलिरहेका अस्ट्रेलियाका बेआउ वेबस्टरले सर्बाधिक ५७ रन बनाए भने स्टिभ स्मिथले ३३, साम कोन्टासले २३, एलेक्स केरीले २१ रन बनाएका थिए ।

त्यसैगरी भारतीय बलर मोहमद सिराज र प्रसिद्ध कृष्णले ३-३ विकेट लिएका थिए भने जसप्रित बमराह र नितिश कुमार रेड्डीले २-२ विकेट लिएका थिए ।

योसँगै पहिलो इनिंगमा भारतले ४ रनको अग्रता लिएको छ र यो टेस्ट रोचक मोडमा पुगेको छ । यस अघि पहिलो इनिंगमा भारतले १८५ रन बनाएको थियो ।

जारी सिरिजमा अस्ट्रेलिया २-१ ले अगाडी रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै