पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आजबाट रास्वपाका सभापति रवि लामिछानेको तर्फबाट थुनछेक बहस सुरु हुँदैछ । कात्तिक २ गतेबाट कास्की प्रहरीको हिरासतमा रहेका लामिछोनविरु४ गत साता अदालतमा मुद्दा दायर भएको थियो ।
कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा थुनछेक बहस भइरहेको छ । रविको पक्षमा बहस गर्न रास्वपाकी सांसदसमेत रहेकी अधिवक्ता सोविता गौतम कास्की अदालत पुगेकी छन् । सोवितासहित रविको पक्षमा कम्तीमा एक दर्जन कानून व्यवसायीले बहस गर्दैछन् ।
यसअघि सोही प्रकरणमा पूर्वडीआईजी छविराज जोशी र लीला पछाईको तर्फबाट थुनछेक बहस भइसकेको छ भने सोही प्रकरणमा पक्राउ परेका कृष्णबहादुर गुरुङ उनकी छोरी गण्डकीकी पूर्वसांसद मीना गुरुङ, अनिता गुरुङ र रामबहादुर खनालको थुनछेक बहस हुन बाँकी छ ।