• २०८१ पौष २४ बुधबार

गोल्डेन ग्लोब अवार्डको घोषणा, को को बने विजेता ?

kharibot

काठमाडौँ । ८२औं गोल्डेन ग्लोब अवार्ड प्रदान गरिएको छ । क्यालिफोर्नियामा आयोजित विशेष कार्यक्रममा अवार्ड प्रदान गरिएको छ ।

गोल्डेन ग्लोब अवार्डमा उत्कृष्ट चलचित्र विधामा फ्रान्सेली चलचित्र एमिलिया पेरेजले अवार्ड जितेको छ । त्यस्तै निर्देशक ब्राडी कोर्बेटले फिल्म द ब्रुटालिस्टका लागि सर्वश्रेष्ठ निर्देशकको लागि गोल्डेन ग्लोब पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै यस फिल्मले बेस्ट मोसन पिक्चर ड्रामा र एड्रियन ब्रोडीले बेस्ट अभिनेताको अवार्ड जितेको छ । 

त्यसैगरी अमेरिकन टिभी सिरिज शोगनले बेस्ट टिभी सिरिजको अवार्ड जितेको छ । त्यस्तै अभिनेत्री अन्न सवाईले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् । त्यसैगरी टाडानोबू असानोले उत्कृष्ट अभिनेताको सहायक अभिनेताको अवार्ड जितेका छन् भने हिरोयुकी सानाडाले उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् ।

त्यस्तै फेर्नान्डा टोरेजले आइएम स्टिल हेयरबाट उत्कृष्ट अभिनेत्री ड्रामाको अवार्ड जितेकी छन् ।

त्यस्तै बेस्ट टेलिभिजन सिरिज म्युजिकल वा कमेडीको अवार्ड ह्याक्सले जितेको छ । त्यस्तै बेट मोसन पिक्चर म्यूजिकल वा कमेडीको अवार्ड एमिलिया पेरेजले जितेको छ ।      

गोल्डेन ग्लोब अवार्ड हरेक वर्ष फिल्म र टिभीमा उत्कृष्ट काम गर्ने व्यक्तिहरूलाई दिइन्छ । यी अवार्डहरू हलिउड फरेन प्रेस एसोसिएसनद्वारा आयोजना गरिन्छ । गोल्डेन ग्लोब्सले चलचित्र र टिभी कार्यक्रमहरूमा उत्कृष्ट काम गरेका अभिनेता, निर्माता र निर्देशकहरूलाई सम्मान गर्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै