• २०८१ पौष २४ बुधबार

कस्तो छ आज सात प्रदेशको मौसम पूर्वानुमान ?

kharibot

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

हाल तराईका धेरै स्थानहरुमा हुस्सु/कुहिरो लागेको अवस्था छ । साथै देशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहेको छ ।

आज कोशी प्रदेशमा दिउसो मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ । त्यस्तै कोशी प्रदेशमा राति आंशिक बदली रहने सम्भावना रहेको छ ।

त्यसैगरी मधेश प्रदेशमा दिउँसो मुख्यतया सफा रहने सम्भावना रहेको छ भने राति आंशिक बदली रहने सम्भावना रहेको छ । त्यस्तै बागमती प्रदेशमा दिउँसो मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ भने राति आंशिक बदली रहने सम्भावना रहेको छ । 

त्यसैगरी गण्डकी प्रदेशमा आज हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । त्यस्तै लुम्बिनी प्रदेशमा आज आंशिक बदली रहने सम्भावना रहेको छ । त्यसैगरी कर्णाली प्रदेशमा अआज आंशिक बदली रहने सम्भावना रहेको छ । 

त्यस्तै आज सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ । 

आगामी २४ घण्टा बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन,स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै