• २०८१ पौष २३ मंगलबार

कस्तो छ आजको सात प्रदेशको मौसम पूर्वानुमान ?

kharibot

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जानकारी दिएको छ ।

हाल कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आन्शिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । सुदूर पश्चिम प्रदेश, लुम्बिनी प्रदेशको तराईका भू-भागमा हुस्सु लागेको अवस्था छ ।

आज कोशी प्रदेशमा हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ भने तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

त्यस्तै मधेश प्रदेश र बागमती प्रदेशमा आज मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

त्यसैगरी गण्डकी प्रदेशमा पनि आज दिउसो सबै क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ भने राति हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम सफा रहने सम्भावना रहेको छ ।

त्यसैगरी आज लुम्बिनी र कर्णाली प्रदेशमा आज मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ । त्यस्तै आज सुदूरपश्चिम प्रदेशमा पनि मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ । 

आगामी २४ घण्टा हाल सुदूर पश्चिम प्रदेश र लुम्बिनी प्रदेशका तराईमा रहेको हुस्सु्/कुहिरो भोली विहानसम्म पनि जारी रहने तथा बाँकी तराईका भू-भागमा पनि बिहानी पख हुस्सु/कुहिरोको सम्भावना रहेको देखिएकोले दैनिक जनजीवन,स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै