• २०८१ पौष २३ मंगलबार

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति योलविरुद्ध पक्राउ पुर्जी जारी

kharibot

काठमाडौँ । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून सुक योलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

सोलको एक अदालतले योलविरुद्ध ३ डिसेम्बरमा मार्शल ल लागू गर्ने प्रयास गरेको आरोपमा पक्राउ पुर्जी जारी गरेको हो ।

विद्रोह र देशद्रोहको आरोपमा धेरै अनुसन्धानको सामना गरिरहेका योलले विगत दुई हप्तामा सोधपुछका लागि तीनवटा समनलाई बेवास्ता गरेपछि यो वारेन्ट आएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

यून र उत्तराधिकारी दुवैलाई संसदद्वारा महाभियोग लगाइएको अल्पकालीन मार्शल ल घोषणापछि दक्षिण कोरिया राजनीतिक संकटमा छ । यून पक्राउको सामना गर्ने दक्षिण कोरियाको पहिलो वर्तमान राष्ट्रपति हुन् ।

युनलाई महाभियोग लागेपछि अब अदालतले उनीविरुद्धको महाअभियोग लाग्ने या नलाग्ने ६ महिनामा तय गर्ने छ । अदालतमा डिसेम्बर २७ मा पहिलो सुनुवाई भएको थियो भने अब दोस्रो सुनुवाई आगामी शुक्रबार हुने छ ।

दक्षिण कोरियाको सर्वोच्च अदालतमा हाल ९ मध्ये ६ मात्र न्यायाधीश रहेकाले महाअभियोग लाग्न सबै ६ न्यायाधीशले पक्षमा मत दिन आवश्यक रहेको छ ।
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै