• २०८१ पौष १८ बिहीबार

दक्षिण कोरिया पठाइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

kharibot

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा रूपन्देही सैनामैना नगरपालिका-११ घर भई काठमाडौं महानगरपालिका-२६ ठमेल बस्ने २९ वर्षीय ओम प्रकाश चौधरीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

ओम प्रकाशले दक्षिण कोरिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट १६ लाख ९२ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं ठमेलबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै