• २०८१ पौष २४ बुधबार

उत्तर कोरियाले दक्षिण कोरियाको समुन्द्रमा प्रहार गर्यो ब्यालेस्टिक मिसाइल

kharibot

काठमाडौँ । दक्षिण कोरियाको सेनाले उत्तर कोरियाले आफ्नो पूर्वमा रहेको समुद्रमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको जनाएको छ । दक्षिण कोरियाले पछिल्लो दुई महिनामा उत्तर कोरियाले प्रक्षेपण गरेको यो पहिलो मिसाइल हो ।

यो क्षेप्यास्त्रले समुद्रमा खस्नुअघि ११ सय किलोमिटरको दूरी तय गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । दक्षिण कोरियाले उत्तर कोरियाको यो ‘उत्तेजक कार्य’ को कडा निन्दा गरेको जनाएको छ ।

उत्तर कोरियाबाट क्षेप्यास्त्र प्रहार गर्ने यो कारबाही यस्तो समयमा गरिएको हो जब अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन दक्षिण कोरियाको भ्रमणमा छन् र त्यहाँका धेरै प्रमुख नेताहरूसँग भेटघाट गर्न जाँदैछन् । अहिले दक्षिण कोरिया राजनीतिक उथलपुथलबाट गुज्रिरहेको छ । दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक-योलले हालै देशमा मार्शल ल लागू गर्ने असफल प्रयास गरेका थिए।

यसपछि उनले पदबाट राजीनामा दिएर महाभियोगको सामना गर्नुपरेको थियो । अहिले उनीमाथि गिरफ्तारीको तरवार लटकिरहेको छ । देशमा जारी गतिरोध अन्त्य गर्न ब्लिन्केन दक्षिण कोरिया जान लागेको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै