• २०८१ पौष १३ शनिबार

यस्तो छ आज सात प्रदेशको मौसम पूर्वानुमान

kharibot

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।

हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।

आज कोशी प्रदेशमा साधारणतया बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा साथै हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ । त्यस्तै मधेश प्रदेशमा साधारणतया बदली रही केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी बागमती प्रदेशमा आज हिमाली क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरुमा हल्का वर्षा साथै हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ । पहाडी र तराई क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आज साधारणतया बदली रही केही स्थानहरुमा हल्का वर्षा साथै हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ । त्यस्तै पहाडी तराई क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै लुम्बिनी प्रदेशमा आज साधारणतया बदली रही केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।  त्यसैगरी कर्णाली प्रदेशमा साधारणतया बदली रही धेरै स्थानमा हल्का देखि मध्यम वर्षा साथै हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ । 

त्यस्तै सुदूरपश्चिम प्रदेशमा आज हिमाली क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा हल्का देखि मध्यम वर्षा साथै हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ भने पहाडी र तराई क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरूमा लगायत कोशी प्रदेशका पहाडी भू-भागका केही  स्थानहरूमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा  हल्का देखि मध्यम हिमपातको सम्भावना रहने छ । साथै बिहानको समयमा तराई तथा उपत्यका थोरै स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेको छ। यसले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै