• २०८१ पौष १४ आइतबार

अस्ट्रेलियाविरुद्ध भारतका नितिश कुमार रेड्डीको शतक

kharibot

काठमाडौँ । भारतका नितिश कुमार र्रेड्डीले अस्ट्रेलियाविरुद्ध जारी बक्सिङ डे टेस्टमा शतक प्रहार गरेका छन् ।

टेस्टको पहिलो इनिंगमा नितिशले अस्ट्रेलियाविरुद्ध आठ नम्बरमा ब्याटिंग गर्दै शतक प्रहार गरेका हुन् । चौथो टेस्ट खेलिरहेका नितिशको यो पहिलो टेस्ट शतक हो ।

साथै नितिशले यस शतकसंगै कैयौं रेकर्ड बनाएका छन् । उनले अस्ट्रेलियामा शतक बनाउने तेस्रो कम उमेरको खेलाडी बनेका छन् भने आठ नम्बरमा ब्याटिंग गरेर धेरै रन बनाउने रेकर्ड समेत बनाएका छन् । साथै नितिशले आठौँ विकेटका लागि वाशिंटन सुन्दरसँग मिलेर १२७ रनको कीर्तिमानी साझेदारी गरेका थिए । सुन्दर ५० रन बनाएर आउट भएका थिए ।

यो समाचार तयार गरुन्जेल भारतले ९ विकेट गुमाउदै ३५८ रन बनाएको छ र अस्ट्रेलियाभन्दा ११६ रनले पछाडी रहेको छ । खेल अहिले खराब मौसमका कारण रोकिएको छ ।

यसअघि अस्ट्रेलियाले पहिलो इनिंगमा ४७४ रन बनाएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै