काठमाडौँ । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको शनिबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
उनको पार्थिव शरीरलाई उनको निवासबाट बिहान कांग्रेस मुख्यालय र त्यहाँबाट दिल्लीको निगमबोध घाटमा ल्याइएको थियो।
अन्त्येष्टिमा राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, केन्द्रीय मन्त्री जेपी नड्डा र उपराष्ट्रपति जगदीप धनखर, रक्षामन्त्री राजनाथ सिंह र कांग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गे, लोकसभामा विपक्षी नेता राहुल गान्धी, कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीलगायत उपस्थित थिए। सोनिया गान्धी, कांग्रेस नेतृ प्रियंका गान्धी लगायत धेरै प्रतिष्ठित नेताहरू उपस्थित थिए ।
दिल्लीस्थित निगमबोध घाटमा भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुक पनि उपस्थित थिए, उनले डा. मनमोहन सिंहलाई श्रद्धाञ्जली अर्पण गरेका थिए ।
यसअघि जब पार्थिव शरीर निगमबोध घाटमा पुग्यो, राहुल गान्धी शव बोक्ने गाडीमा बसेका थिए । ९२ वर्षीय सिंहको बिहीबार दिल्लीको एम्स अस्पतालमा निधन भएको हो । भारत सरकारले सात दिने राष्ट्रिय शोकको घोषणा गरेको छ ।
कांग्रेसले पुस २६ गतेदेखि माघ १ गतेसम्मका सात दिनका सबै कार्यक्रम स्थगित गरेको छ ।