• २०८१ पौष १४ आइतबार

राप्रपा महामन्त्री राणा तीन महिनाको उपचारपछि स्वदेश फर्किदै

kharibot

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा.धवलशमशेर राणा तिन महिनाको लामो उपचारपछि स्वदेश फर्किने भएका छन् ।

राणाले आफु आइतबार स्वदेश फर्किने जानकारी दिदै आफु ठिक भएको बताएका छन् ।

राणाले पछिल्लो तीन महिना उनले भारतमा उपचार गराइरहेका थिए ।

उनले भनेका छन्- अन्ततः म भोली काठमाडौं फिर्ता हुनेछु ! तिन महिनाको लामो उपचार पश्चात् म निको भएको छु । आगामी दिनमा म मेरो पुर्वनिधारित कार्यक्रमहरूमा सरिक हुनेनै छु । सम्पुर्ण परिवारजन, आफन्त, शुभेच्छुक एवं पार्टीका सम्पुर्ण साथीहरू प्रति धन्यवाद तथा आभार व्यक्त गर्दछु । हजुरहरूको म प्रतिको शुभेच्छा कायम रहोस् ।' 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै