• २०८१ पौष १० बुधबार

यस्तो छ आज सात प्रदेशको मौसम पूर्वानुमान

kharibot

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापिय प्रणालीको पनि प्रभाव रहेको छ ।

हाल देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली रही कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ र पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना रहेको छ ।
मधेश प्रदेश तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

बागमती प्रदेशको हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रहने सम्भावना रहेको छ र पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ । त्यस्तै गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको र  पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रहने सम्भावना रहेको छ । त्यस्तै तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ ।
त्यसैगरी  लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रहने सम्भावना रहेको छ । त्यस्तै तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै कर्णाली प्रदेश    हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको र पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यसैगरी  सुदूरपश्चिम प्रदेश हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रहने सम्भावना रहेको छ र पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रहने सम्भावना रहेको छ । त्यस्तै तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको थोरै स्थानहरु तथा बाँकी प्रदेशका पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको साथै बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन,स्वास्थय,यातायात तथा हवाई उड्डयनमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाल अनुरोध गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै