पोखरा । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धीकरण मुद्दामा कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान आजबाट सुरु भएको छ ।
कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा भएको बयानका क्रममा उनले आफूमाथि लागेका सबै आरोपहरु अस्वीकार गरेका छन् । लामिछानेले न्यायाधीशको अगाडी कुनैपनि कसुरमा आफ्नो संलग्नता नरहेको बयान दिएका छन् ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले लामिछानेसहित ६३ जनाविरुद्ध अभियोगपत्र दायर गरेको छ । प्रतिवादीहरुमध्ये छविलाल जोशी र लिला पछाईँको बयान सकिइसकेको छ ।
लामिछानेको बयान आज नसकिएकाले भोलिपनि जारी रहने बताइएको छ । प्रतिवादीहरुको बयान सकिएसँगै उनीहरुको थुनछेक बहस हुनेछ । थुनथेक बहसबाट लामिछानेसहितका प्रतिवादीहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्नेकी धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने टुङ्गो लाग्ने छ ।
लामिछाने गत कार्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् ।