• २०८१ पौष १३ शनिबार

बक्सिङ डे टेस्टको पहिलो दिन अस्ट्रेलिया बलियो अवस्थामा

kharibot

काठमाडौँ । भारत र अस्ट्रेलियाबीच मेलबर्नमा जारी बक्सिङ डे टेस्टको पहिलो दिनको खेल सकिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ६ विकेट गुमाएर ३११ रन बनाएको छ । पहिलो दिनको खेल सकिदा प्याट कमिन्स र स्टिभ स्मिथ क्रिजमा छन् । स्मिथले ६८ रन र कमिन्सले ८ रन बनाएर खेलिरहेका छन् । 

यस टेस्टमा अस्ट्रेलियाका लागि डेभ्यु गरेका साम कोनस्टासले ६० रन बनाए भने उस्मान ख्वाजाले ५७, एलेक्स केरीले ३१ रन बनाएर आउट भए । त्यस्तै ट्राभिस हेड शुन्यमा, मिचेल मार्श ४ रन बनाएर आउट भए ।  त्यसैगरी भारतीय टोलीबाट जसप्रित बुमराहले सर्वाधिक ३ विकेट लिए भने आकास दीप, रविन्द्र जडेजा र वाशिंगटन सुन्दरले एक एक विकेट लिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै