काठमाडौँ । भारत र अस्ट्रेलियाबीच जारी टेष्ट सिरिजको चौथो खेलमा अष्ट्रेलियाले उत्कृष्ट शुरुवात गरेको छ ।
मेलबर्नमा जारी बक्सिङ डे टेस्टमा अस्ट्रेलियाले यो समाचार तयार गरुन्जेल २ विकेट गुमाएर १५४ रन बांएको छ । अस्ट्रेलियाका लागि अर्धशतक प्रहार गरेका साम कोन्स्टास ६० रन बनाएर जडेजाको शिकार बनेका थिए । उनले डेभ्यु खेलमै ५२ बलमा अर्धशतक बनाएर नयाँ रेकर्ड समेत बनाएका छन् । कोन्स्टासको यो अर्धशतक अस्ट्रेलियाका टेस्ट खेलाडीले आफ्नो डेभ्युमा बनाएको तेस्रो छिटो अर्धशतक हो ।
हाल अस्ट्रेलियाका लागि उस्मान ख्वाजाले ५७ रन बनाएर आउट भएका छन् र मार्नस लाबुस्चेनले ३३ रन बनाएर खेलिरहेका छन् ।
आज बिहान अष्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । यो खेलमा भारतले शुभमन गिलको स्थानमा वासिङ्टन सुन्दरलाई टोलीमा राखेको छ ।
पाँच टेस्ट म्याचको यो शृङ्खला अहिले एक–एकमा बराबरीमा छ । सिरिजको पहिलो खेल भारतले जितेको थियो भने दोस्रो टेष्टमा अस्ट्रेलियाले जित हात पारेको थियो ।
ब्रिस्बेनमा खेलिएको शृङ्खलाको तेस्रो टेष्ट खेल वर्षाले प्रभावित भएको थियो र बराबरीमा टुंगिएको थियो ।