• २०८१ पौष १३ शनिबार

बक्सिङ डे टेस्टको पहिलो इनिंगमा अस्ट्रेलियाले बनायो ४७४ रन

kharibot

काठमाडौँ । अस्ट्रेलियाले जारी भारतविरुद्धको बक्सिङ डे टेस्टको पहिलो इनिंगमा ४७४ रन बनाएको छ ।

सिरिजको चौथो टेस्टमा टस जितेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले स्टिभ स्मिथको शानदार १४० रनको मद्धतले ४७४ रन बनाएको थियो ।

अस्ट्रेलियाका लागि मार्नस लाबुसचानेले ७२ रन बनाएका थिए भने आफ्नो डेभ्यु खेलमै साम कोनस्टासले ६० रन बनाएका थिए । त्यस्तैउसमान ख्वाजाले ५७ र कप्तान पाट कमिन्सले ४९ रन बनाएका थिए ।

त्यसैगरी भारतीय बलर जसप्रित बुमराहले ४ विकेट लिएका थिए भने रविन्द्र जडेजाले ३ तथा आकास दीपले २ विकेट लिएका थिए ।

यसैबीच आफ्नो पहिलो इनिंग शुरु गरेको भारतले यो समाचार तयार गरुन्जेल एक विकेट गुमाएर ३० रन बनाएको छ । भारतले कप्तान रोहित शर्मालाई गुमाएको छ ।

जारी सिरिजमा दुवै टिम १-१ को बराबरीमा रहेको छ । पहिलो टेस्ट भारतले जितेको थियो भने दोस्रो टेस्ट अस्ट्रेलियाले जितेको थियो । त्यस्तै तेस्रो टेस्ट बराबरी भएको थियो ।
        

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै