• २०८१ पौष १३ शनिबार

ग्लोबल सकर अवार्डमा भिनिसियस उत्कृष्ट खेलाडी

kharibot

काठमाडौँ । ग्लोबल सकर अवार्डको घोषणा गरिएको छ । दुबईमा गएराती आयोजना गरिएको कार्यक्रममा विश्व फुटबलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी र प्रशिक्षकलाई ग्लोबल सकर अवार्डले सम्मानित गरिएको छ ।

हरेक बर्ष दिइने यस अवार्डमा २०२४ का लागि रियल म्याड्रिडबाट खेल्ने ब्राजिलका भिनिसियस जुनियरलाई उत्कृष्ट पुरुष खेलाडीको अवार्ड दिइएको छ । त्यस्तै बार्सिलोनाकी एताना बोनमातीले उत्कृष्ट महिला फुटबलरको अवार्ड जितेकी छन् । त्यस्तै भिनिसियस जुनियरले उत्कृष्ट फरवार्डको अवार्ड समेत जितेका छन् ।

यस अवार्डमा रियल म्याड्रिड पूर्ण रुपमा हावी रहेको थियो । रियल म्याड्रिडका जुडे बेलिङघमले उत्कृष्ट मिडफिल्डरको अवार्ड जिते भने उनले बेस्ट गोलस्कोरर (म्याराडोना अवार्ड) समेत जितेका छन् । त्यस्तै रियल म्याड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीले बेस्ट कोचको अवार्ड जिते भने रियल म्याड्रिडले बेस्ट पुरुष क्लबको अवार्ड जितेको छ ।

त्यस्तै बार्सिलोनाका लामिन यमलले उत्कष्ट इमर्जिंग खेलाडीको अवार्ड जिते भने बार्सिलोनाले उत्कृष्ट महिला क्लबको अवार्ड जितेको छ ।

त्यसैगरी क्रिस्टियानो रोनाल्डोलाई उत्कृष्ट मिडल इस्ट खेलाडीको अवार्ड दिइएको छ भने अल हिलालका प्रशिक्षक जर्ज जिससले मिडल इस्टको उत्कृष्ट प्रशिक्षकको अवार्ड जितेका छन् ।

अवार्ड कार्यक्रममा नेइमारलाई प्लेयर क्यारियर अवार्ड दिइएको थियो भने थिबाउट कोर्टोइस, रियो फर्डीनान्डलाई पनि प्लेयर क्यारियर अवार्ड दिइएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै