• २०८१ बैशाख १८ मंगलबार

हृदयाघातका कारण नेकपा एसका पाल्पा अध्यक्ष पाण्डेको निधन

kharibot

पाल्पा । नेकपा एकीकृत समाजवादी पाल्पाका अध्यक्ष खिमानन्द पाण्डेय (कमल)को निधन भएको छ।

बगनासकाली गाउँपालिका १ पिप्ले निवासी ५२ वर्षीय उनको हृदयाघातका कारण शुक्रबार निधन भएको हो। खेतमा काम गरिरहेका वेला उनलाई हृदयाघात भएको थियो ।

उपचारका लागि तत्काल लुम्बिनी मेडिकल कलेज प्रभास पुर्‍याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेका समाजवादी प्रेस संगठन पाल्पाका अध्यक्ष पदम गैरेले बताए ।

स्वर्गीय पाण्डेको पार्थिव शरीर शनिबार बिहान ८ देखि साढे ८ बजेसम्म तानसेनस्थित टुँडिखेलमा श्रद्धाञ्जलीका लागि राखिने छ। उनको अन्त्येष्टि आजै राम्दी घाटमा गरिने परिवारजनले बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय