काठमाडौं। नेकपा एसका दुई मन्त्रीको टुंगो लागेको छ।
नेकपा एसले भानुभक्त जोशी र धनबहादुर बुढालाई मन्त्रीका रूपमा पठाउने निर्णय गरेको हो।
जोशीलाई संघीय मामिला र बुढालाई शहरी विकासमन्त्री बनाउने नेकपा एसले जनाएको छ।
उनीहरूलाई पनि आजै साँझ शपथ गराइने छ।