काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक हजारले घटेर तोलाको एक लाख ७५ हजारमा कारोबार भईरहेको छ । यसअघि विहिबार सुन तोलाको एक लाख ७६ हजारमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँले घटेको हो । महासंघका अनुसार आज चाँदी १९९५ रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि विहिबार चाँदी तोलाको २ हजार ३० रुपैयाँमा कारोबार भएको थियो ।