• २०८१ चैत ७ बिहीबार

लुम्बिनीमाथि सुदूरपश्चिमको शानदार जित

kharibot

काठमाडौँ ।  जारी पीएम कप अन्तर्गत सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशमाथि शानदार जित हासिल गरेको छ ।

बुधबार एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनीलाई ५ विकेटले पराजित गरेको हो ।

लुम्बिनीले दिएको ११७ रनको लक्ष्य प्छाएको सुदूरपश्चिमले ३१.१ ओभरमा ५ विकेट फुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यस अघि पहिला ब्याटिंग गरेको लुम्बिनीले ४४.१ ओभर खेल्दै ११६ रन मात्र बनाएको थियो । लुम्बिनीका लागि कप्तान देव खनालले सर्बाधिक ४१ र प्रज्वल थापाले ३० रन बनाएका थिए । त्यस्तै सुदूरपश्चिमका बलर हेमन्त धामीले ४ विकेट लिएका थिए ।

यो जितपछि सुदूरपश्चिमको ६ खेलमा २ जित र ४ हारसहित ४ अंक भएको छ । त्यस्तै लुम्बिनीको ६ खेलमा ४ जित र २ हारसहित ८ अंक रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै