काठमाडौँ । स्पेसएक्सको अन्तरिक्ष यान ड्र्यागन अब अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट अलग भएको छ ।
अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर यस अन्तरिक्षयान मार्फत १७ घण्टाको यात्रा पछि पृथ्वीमा फर्कनेछन् । यो अन्तरिक्षयानको फिर्ताको अनुमानित समय हो । नासाले यस यानलाई समुन्द्रमा स्प्लासडाउन गराउने स्थान मौसमको अवस्थाको आधारमा निर्धारण गरिने बताएको छ ।
सुनिता र बुचको पृथ्वीमा फिर्तीको टाइमलाइन:
नेपाली समय अनुसार आज बिहान १०: ५० बजे, अन्तरिक्ष यानलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट अलग अर्थात् अनडक गरिने नासाले जानकारी दिएको छ । ड्र्यागनको अनडकिङ धेरै कारकहरूमा निर्भर गर्दछ । यसमा सवारी साधन र रिकभरी टोलीको तयारी, मौसम, समुद्री अवस्था र अन्य कारकहरू समावेश रहेको बताइएको छ । क्रु-९ को फिर्तीको नजिकै नासा र स्पेसएक्सले स्प्लासडाउन स्थान पुष्टि गर्नेछन् ।
टाइमलाइन:
मार्च १८ बिहान ०८.३० बजे – ह्याच क्लोज ।
बिहान १०: ५० बजे – अनडकिङ (अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट अन्तरिक्ष यानको अलगीकरण) ।
मार्च १९ को बिहान २. ५६ बजे – डिओर्बिट बर्न (वायुमण्डलमा अन्तरिक्षयानको प्रवेश) ।
मार्च १९ को बिहान ३:४२ बजे – स्प्लासडाउन (समुद्रमा अन्तरिक्ष यानको अवतरण) ।
मार्च १९ को बिहान ५: १५ बजे – नासाको पत्रकार सम्मेलन ।
नासाले स्प्लासडाउनको स्थान मौसमको अवस्थाको आधारमा निर्धारण गरिनेछ । यो अन्तरिक्षयानको फिर्ताको अनुमानित समय हो ।
अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर लगभग दश महिनादेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा छन् । उनीहरू दुवैले जुन ५, २०२४ मा यस परीक्षण अभियानको लागि बोइङ स्टारलाइनर अन्तरिक्ष यानमा उडान भरेका थिए । आठ दिनको मिसनमा रहेका दुवै जना प्राविधिक समस्यापछि अन्तरिक्ष स्टेशनमै बस्नु परेको थियो ।