• २०८१ चैत ५ मंगलबार

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

kharibot

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा विहान ११ बजे बस्ने आजको बैठकमा राजा फर्काउन जनान्दोलन गर्ने भन्दै घोषणा गरिएको 'संयुक्त जनआन्दोलन समिति’को विषयमा छलफल हुने भएको छ । 

समितिमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई राखिएकोमा उनी असन्तुष्ट बनेका छन् । लिङदेनले आफुसँग कुनै किसिमको सल्लाह नभएर समितिमा राखिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

स्रोतका अनुसार राप्रपाकै पशुपति शमशेर राणा, डा प्रकाश चन्द्र लोहनी, रवीन्द्र मिश्र, धवलशमशेर राणा लगायतका नेताहरूको पहलमा यो समिति बनाइएको हो । समिति गठनप्रति प्रवक्ता ज्ञानेन्द्र शाहीले पनि असन्तुष्ट रहेको बुझिएको छ । समिति गठनप्रति राजावादीहरु तरंगित भएको समयमा राप्रपा भित्र पनि विवाद बढ्ने संकेत देखिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै