• २०८१ चैत ५ मंगलबार

इजरायलले गाजामा फेरी शुरु गर्यो आक्रमण

kharibot

फाइल तस्बीर

काठमाडौँ । इजरायलले गाजामा पुन: आक्रमण शुरु गरेको छ । इजारयाली डिफेन्स फोर्सले गाजामा पुन: आक्रमण शुरु गरिएको जानकारी दिएको हो ।

फोर्सले भनेको छ- 'आइडीएफ र आइएसएले हाल गाजा पट्टीमा हमास आतंकवादी संगठनसँग सम्बन्धित आतंकवादी लक्ष्यहरूमा व्यापक आक्रमणहरू गरिरहेका छन् ।'

यसअघि पहिलो चरणको युद्धविरामपछि दोस्रो चरणको युद्धविरामको प्रयास भएपनि वार्ता सफल हुन सकेको थिएन । हमासले पुरानै शर्त अनुसार दोस्रो चरणको युद्धविराम हुनुपर्ने बताएको थियो तर इजरायलले भने अमेरिकाले अगाडी सारेका शर्तहरु अनुसार सहमति गर्न हमासलाई दबाब दिएको थियो । अमेरिकाले हमासको नियन्त्रणमा रहेका सबै बन्धक र मारिएका बन्धकको शव एकैपटक फिर्ता गर्न प्रस्ताव गरेको थियो ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै