• २०८१ फाल्गुण १० शनिबार

रिकेलटनको शतकमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई दियो ३१६ रनको लक्ष्य

kharibot

काठमाडौँ । जारी आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गतको खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ३१६ रनको लक्ष्य दिएको छ ।

पाकिस्तानको कराची नेशनल स्टेडियममा जारी यस खेलमा टस जितेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ६ विकेट गुमाउदै ३१५ रन बनाएको हो ।

दक्षिण अफ्रिकाका लागि रयान रिकेलटनले शतकीय पारी खेलेका थिए । १०६ बल खेलेका रिकेलटन १०३ रन बनाएर आउट भएका थिए । त्यस्तै कप्तान टेम्बा बाभुमाले ५८ रन बनाए भने रास्सी भान डेर दुसेनले ५२ रन बनाएका थिए ।

त्यसैगरी एडन मार्क्रमले अविजित ५२ रन बनाएका थिए भने डेभिड मिलरले १४ रन बनाएका थिए ।

त्यसैगरी अफगानिस्तानका बलर मोहमद नावीले २ विकेट लिए भने नूर अहमद, अजमतुल्लाह ओमारजाई र फाजलहक फारुकीले एक एक विकेट लिएका थिए ।

समुह बि मा रहेका अफगानिस्तान र दक्षिण अफ्रिका दुवैको यो च्याम्पियन्स ट्रफी अन्तर्गतको पहिलो खेल हो ।
        

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै