• २०८१ फाल्गुण ११ आइतबार

सरकार अध्यादेशको पासोमा पर्यो- उपाध्यक्ष सापकोटा

kharibot

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकार अध्यादेशको पासोमा परिसकेको टिप्पणी गरेका छन् ।

शुक्रबार केन्द्रीय समितिले गरेको निर्णयका बारेमा जानकारी दिनको लागि आयोजना गरिएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकार अध्यादेशको पासोमा परेकै कारण २१ दिनसम्म संसद्को काम हातमा लाग्यो शून्यको अवस्थामा रहेको बताए । सरकार अध्यादेशको पासोमा परेकै कारण अहिले संसद आरोप–प्रत्यारोपको थलो बनेको उनको भनाइ छ ।

उनले भने- 'अहिले एक प्रकारले भन्ने हो भने सरकार अध्यादेशको पासोमा परेको छ । २१ दिन भइसक्यो सदनको काम भनेको हाता लाग्यो शून्य । सबैभन्दा महत्वपूर्ण संस्था भनेको सदन हो । त्यो आज प्रतिक्रियात्मक बन्न पुगेको छ । त्यो फगत आरोप–प्रत्यारोपको थलो बनेको छ । सांसदहरु प्रश्न सोध्छन्, प्रधानमन्त्री उत्तर नदिइ हिँड्नुहुन्छ । यो भन्दा लज्जास्पद के हुनसक्छ ।'

साथै, सरकारले सामाजिक सञ्जाललाई नियमन गर्ने नभएर नियन्त्रण गर्ने हिसाबले विधेयक ल्याएको उनले बताए । 

साथै, पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकारले भ्रष्टाचारको विरुद्धमा धेरै ठूलो पहल कदमी लिएको बताउदै तत्कालीन सरकारले कानुनभन्दा माथि कोही हुन सक्दैन भन्ने शक्तिशाली सन्देश दिएको उनले बताए । 

दुई तिहाइको कुरा गर्ने सरकार अहिले अध्यादेशको बाटोमा गइरहेको बताउदै उनले सरकार निरङ्कुश र अधिनायकवादतिर उन्मुख भइरहेको बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै