काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय प्रशिक्षण विभागले केन्द्रीय समितिबाट स्वीकृत पाठ्यक्रम अनुसारको राजनीतिक प्रशिक्षण कार्यक्रम आजदेखि शुरु गरेको छ ।
स्वीकृत पाठ्यक्रमको पहिलो प्रशिक्षण केन्द्रीय कार्यालय वनस्थली काठमाडौँमा आयोजना भइरहेको र प्रशिक्षणमा केन्द्रीय समितिलाई सहभागी गराइएको छ । यो कार्यक्रम आज र भोलि गरि दुई दिन चल्दैछ । बिहानको पहिलो सत्रमा पार्टी कार्यवाहक सभापति डोल प्रसाद अर्यालले प्रशिक्षणको औचित्य र महत्त्व बारे प्रकाश पारेका थिए । उपसभापति डा स्वर्णिम वाग्लेले प्रशिक्षणले संगठनलाई मजबुत गर्दै नेतृत्व बिकासमा प्रभावकारी कदम हुने बताए । आगामी योजना क्रममा केन्द्रीय तह, प्रदेश तह हुँदै जिल्ला -पालिकासम्म प्राथमिकतामा प्रशिक्षण गर्ने तालिका रहेको समेत उपसभापति डा वाग्लेले बताए ।
यो प्रशिक्षण भोलि पनि नियमित संचालन हुनेछ । राजनीतिक प्रशिक्षण कार्यक्रम केन्द्र हुँदै प्रदेश, जिल्ला, पालिका र वार्ड सम्म लगत्तै संचालन हुने गरि तयारी गरिएको छ ।