काठमाडौँ । एप्पलले नयाँ आइफोन १६ इ लन्च गरेको छ । एप्पलले सस्तो मुल्यमा आइफोन १६ को इ सिरिज लन्च गरेको हो ।
एप्पलले आइफोन १६ को इ सिरिज कालो र सेतो गरि दुई रंगमा उपलब्ध हुने जनाएको छ ।
यस फोनमा आईफोन १६ सिरिज जस्तै, ८ जीबी र्याम, एप्पल इन्टेलिजेन्स प्रविधि, ओएलइडी प्यानलमा आधारित ६.१ इन्चको डिस्प्ले, ४८ एमपी सिंगल क्यामेरा रहेको छ । साथै पछिल्लो जेनेरेसनको ए १८ चिपको प्रयोग गरिएको यस फोनको ब्याट्री लाइफ पनि आइफोन ११ र १२ भन्दा बढी रहेको एप्पलले बताएको छ । साथै यस फोनलाई वायरलेस र युएसबी सी टाइपबाट चार्ज गर्न सकिने छ ।
साथै यस फोनमा च्याटजिपिटी इन्ट्रीग्रेट गरिएको छ भने यसलाई राइटिङ टुल र सिरीबाट प्रयोग गर्न सकिने एप्पलले जनाएको छ ।
एप्पलले फेब्रुअरी २१ देखि यी फोनको प्रि-अर्डर बुक गर्न सकिने र फेब्रुअरी २८ देखि ग्राहकलाई डेलिभरी दिइने जनाएको छ । यस फोनको न्युनतम मुल्य ५९९ डलर रहेको छ ।