• २०८१ फाल्गुण १० शनिबार

एप्पलले आज सस्तो आइफोन लन्च गर्दै

kharibot

काठमाडौँ । एप्पलले आज सस्तो आइफोन लन्च गर्दै छ । रिपोर्टका अनुसार यो 'आईफोन एसई ४' हुन सक्ने बताइएको छ । 

कम्पनीका सीईओ टिम कुकले आज एप्पलका नयाँ उत्पादन लन्च हुने जानकारी दिएका छन् । एसई-४  बजारमा उपलब्ध एप्पलका स्मार्टफोनहरूको तुलनामा यो सबैभन्दा सस्तो फोन हुन सक्ने अनुमान गरिएको छ ।

मिडिया रिपोर्टका अनुसार आईफोन एसई ४ को मूल्य लगभग ४९९ डलर हुने बताइएको छ । एप्पलले आज एसई-४ का अलावा पावरबिट्स प्रो २ इयर बड, एम ४ म्याकबुक एयर, एम ३ आईप्याड एयर र ११औं पुस्ताको आईप्याड पनि लन्च गर्ने तयारी गरेको बताइएको छ ।

तुलनात्मक रुपमा सस्तो हुने हुनाले एसई ४ स्मार्ट फोन बारे धेरैको चासो रहेको छ । यस फोनमा आईफोन १६ सिरिज जस्तै, आईफोन एसई ४ मा ८ जीबी र्‍याम, एप्पल इन्टेलिजेन्स प्रविधि, ओएलइडी प्यानलमा आधारित ६.१ इन्चको डिस्प्ले, ४८ एमपी सिंगल क्यामेरा हुने बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै