काठमाडौँ । पोखरा भ्रमण वर्ष घोषणा समारोह उद्घाटनका क्रममा बेलुन पड्किदा घाइते भएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न हस्पिटल लगिएको छ ।
मन्त्री पौडेलको सचिवालयका अनुसार मन्त्री पौडेललाई हेलिकप्टरबाट कीर्तिपुरस्थित बर्न हस्पिटल लगिएको हो । पोखरा भ्रमण वर्ष घोषणा समारोह उद्घाटनका क्रममा बेलुन उडाउनेक्रममा बेलुन पड्किदा मन्त्री पौडेलसहित पोखरा महानगरक मेयर धनराज आचार्यपनि घाइते भएका थिए ।