• २०८१ फाल्गुण ४ आइतबार

अर्थमन्त्री पौडेल कीर्तिपुरस्थित बर्न हस्पिटलमा भर्ना

kharibot

काठमाडौँ । पोखरा भ्रमण वर्ष घोषणा समारोह उद्घाटनका क्रममा बेलुन पड्किदा घाइते भएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई कीर्तिपुरस्थित बर्न हस्पिटलमा भर्ना गरिएको छ ।

मन्त्री पौडेलको सचिवालयका अनुसार मन्त्री पौडेललाई पोखराबाट हेलिकप्टरबाट कीर्तिपुरस्थित बर्न हस्पिटलमा लगेर भर्ना गरिएको हो ।

पोखरा भ्रमण वर्ष घोषणा समारोह उद्घाटनका क्रममा बेलुन उडाउने क्रममा बेलुन पड्किदा मन्त्री पौडेलसहित पोखरा महानगरका मेयर धनराज आचार्य पनि घाइते भएका थिए । घाइते भएका मेयर आचार्यलाई पनि किर्तिपुरस्थित बर्न अस्पताल ल्याइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै