• २०८१ फाल्गुण ७ बुधबार

सत्ता पक्षीय दलको बैठक बस्दै

kharibot

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता पक्षीय दलहरुको बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक बिहान ११ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने छ ।

बैठकमा नेपाली कांग्रेस र एमालेसहित हाल सत्तामा रहेका दलहरु सहभागी हुने छन् ।

बैठकको मुख्य एजेण्डा संविधान संशोधनका लागि कार्यदल बनाउने र सरकारले संसदमा पेश गरेको अध्यादेश रहेको बुझिएको छ ।

यसअघि सत्ता पक्षको उच्चस्तरीय राजनीतिक संयन्त्रको शुक्रबार बसेको बैठकले संविधान संशोधनका लागि कार्यदल बनाउने निर्णय गरेको थियो । 

साथै बैठकमा सरकार सञ्चालनका विषय, संसद्मा प्रभावकारी भूमिकासहित अत्यावश्यक कानुन निर्माणमा तीब्रतालगायत समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै