• २०८१ पौष २७ शनिबार

प्रचण्ड र नेपालबीच आजपनि भेटवार्ता

kharibot

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । विहिबार मात्र सिंहदरबारमा भेटेका यी दुई नेताबीच आजपनि भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित् माओवादी संसदीय दलको कार्यालयमा दुवै नेताबीच भेटवार्ता शुरु भएको हो । भेटमा अशोक राई नेतृत्वको जसपाका नेता राजेन्द्र श्रेष्ठ पनि सहभागी रहेका छन् ।

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश अघि बढाउन लागेपछि दुई नेताबीच लगातार छलफल भइरहेको छ ।

विहिबारको भेटमा संविधान संशोधनको विषयमा समाजवादी मोर्चालाई सक्रिय बनाउने विषयमा छलफल भएको बताइएको थियो । 

प्रधानमन्त्री ओलीले आजै साँझ ७ बजे मन्त्रिपरिषद् बैठक बोलाएका हुनाले त्यसअघि नै दुई नेताबीच भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै