काठमाडौँ । अमेरिकी सर्वोच्च अदालतले डोनाल्ड ट्रम्पविरुद्धको सजाय रोक्न अस्वीकार गरेको छ ।
नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतलाई आफूलाई दिन लागिएको सजाय शपथ लिने समयसम्मका लागि रोक्न निवेदन दिएका थिए । यस निवेदनमा सर्वोच्च अदालतका न्यायाधीशहरूबीच ५-४ को मत दिदै ट्रम्पको अनुरोधलाई अस्वीकार गरेका छन् ।
सन् २०१६ को निर्वाचनअघि ट्रम्पले पोर्न फिल्म स्टार स्टोर्मी डेनियल्सलाई आफ्नो सम्बन्ध बारे चुप लाग्न एक लाख ३० हजार डलर दिएका थिए । यो कुरा लुकाउन ट्रम्पले आफ्नो रेकर्डलाई लुकाएको विषयमा दोषी ठहराइएको थियो।
मुद्दाको सुनुवाइ गरिरहेका न्यायाधीश जुआन मर्चनले ट्रम्पलाई जेल सजाय दिने बारेमा विचार नगर्ने संकेत गरेका छन् । न्यायाधीशल आज यस विषयमा सजाय सुनाउने छन् ।