• २०८१ पौष १७ बुधबार

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

kharibot

काठमाडौं । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दैलेख नारायण नगरपालिका-६ घर भई काठमाडौं महानगरपालिका-३० रूद्रमार्ग बस्ने २ जना १८ वर्षीय किशोरहरूलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

उनीहरूले ती किशोरीलाई घुम्न जाने भनी ललाई फकाई आफ्नो कोठामा लगेर मंगलबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै