• २०८१ पौष २० शनिबार

झापा र तनहुँबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

kharibot

झापा, १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका-१५ ज्यामिरगढी डेरा गरी बस्ने भारत वेष्ट बंगाल हाँसीमारा घर भएका ३५ वर्षीय कुमार तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कुमारले ती किशोरीलाई शुक्रबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

त्यसैगरी तनहुँ, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भानु नगरपालिका-१३ चनौटे बस्ने १९ वर्षीय निर्मल पाण्डेलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । निर्मलले ती बालिकालाई सोमबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै