• २०८१ पौष २४ बुधबार

आज ६ संसदीय समितिको बैठक बस्दै, के के छन् एजेण्डा ?

kharibot

काठमाडौँ । आज संघीय संसदका ६ संसदीय समितिको बैठक बस्दै छ ।

आज प्रतिनिधिसभा अन्तर्गतका अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, राज्य व्यवस्था तथा सुशासन समिति र पूर्वाधार विकास समितिको बैठक बस्दै छ । त्यस्तै राष्ट्रियसभा अन्तर्गत विधयन समिति र सार्बजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै ।

बिहान ११ बजे बस्ने अन्तर्गतका अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आ.ब २०८१/८२ को कार्यक्रम तथा हालसम्मको प्रगति बारे छलफल हुने कार्यसूची रहेको छ ।

त्यस्तै विहान ११: ३० बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा केहि नेपाल ऐनलाई संसोधन गर्न बनेको विधेयकको सम्बन्धमा बन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित दफाहरूमा छलफल हुने तालिका रहेको छ । त्यसैगरी बिहान ११: ३० बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल गर्न गठित उपसमितिको प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ ।

त्यसैगरी विहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफाबार छलफल हुने कार्यसूची रहेको छ ।

त्यसैगरी अपराहन्न ३ बजे बस्ने विधायन समितिको बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची रहेको छ । त्यस्तै विहान ११: ३० बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उद्योग, वाणिज्‍य तथा आपूर्ति मन्त्रालयका पदाधिकारिहरुसँग छलफल हुने कार्यसूची रहेको छ ।
   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै