काठमाडौँ । प्रतिनिधिसभाका नियुक्त सचिव हर्कराज राईले पद तथा गोपनियताको शपथ लिएका छन् ।
राईलाई बुधबार सभामुख देवराज घिमिरेले पद तथा गोपनियताको शपथ गराएका हुन् ।
उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसद्को प्रतिनिधि सभाको सचिव पदमा हर्कराज राईलाई नियुक्त गरेका थिए ।
कोशी प्रदेश झापा जिल्लाको शिवसत्ताक्षी नगरपालिका वडा नम्बर २ निवासी राईलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको सिफारिसमा राष्ट्रपति पौडेलले सचिव पदमा नियुक्त गरेका थिए ।