• २०८१ पौष १९ शुक्रबार

संसदका दुई समितिको बैठक बस्दै

kharibot

काठमाडौं । संघीय संसद अन्तरगतका दुई समितिको बैठक बस्दैँछ । संङघीय संसद सचिवालयका अनुसार अर्थ समिति र बिधायन ब्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

जसअनुसार अर्थ समितिको बैठकमा भन्सार सम्बन्धि कानुनलाई  संसोधन र एकिकरण गर्न बनेको विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुनेछ ।

उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेल पुग्ने सो बैठक बिहान ११ बजे बोलाइएको छ भने विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बोलाइएको छ । 

सो बैठकमा पुरानै अजेन्डा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा सरोकारवालासँग छलफल हुने सचिवालयले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै