काठमाडौँ । आज चार संसदीय समितिका बैठक बस्दै छन् ।
संघीय संसद सचिवालयका अनुसार आज प्रतिनिधि सभा अन्तर्गतका कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समिति तथा राष्ट्रिय सभा अन्तर्गतका सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छ ।
बिहान ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमिमा रहेको अव्यवस्थित बसोबासको विषयमा छलफल हुने एजेन्डा रहेको छ ।
त्यस्तै बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा समितिमा प्राप्त उजुरीका बारेमा छलफल हुने एजेण्डा रहेको छ ।
त्यसैगरी आज २: १५ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पदाधिकारिहरुसँग छलफल हुने कार्यसूची रहेको छ ।
त्यस्तै आज बिहान ११ बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिले मिति २०८१/०५/११ गते मन्त्रालयलाई दिएको निर्देशनको कार्यान्वयन अवस्था बारे छलफल गर्ने एजेण्डा रहेको छ ।