• २०८१ पौष २४ बुधबार

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

kharibot

मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ६० मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राजेपाम २० ट्याब्लेट सहित बेलबारी नगरपालिका-२ बस्ने ३७ वर्षीय सन्तोष पौडेललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

उदयपुर, कटारी नगरपालिका-४ कटारी बजारबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल २ सय ३४ ट्याब्लेट, स्पास्पेन ४ सय १३ ट्याब्लेट, मोबाइल ६ थान र नगद ८ हजार रूपैयाँ सहित सोही ठाउँ बस्ने ३१ वर्षीय बिनय सुनुवार समेत ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले बिनयको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको २ थान मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । 

कैलाली, धनगढी उपमहानगरपालिका-३ त्रिनगर पुलनजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ९० मिलिग्राम सहित गोदावरी नगरपालिका-३ बस्ने २७ वर्षीय दिपक सुवेदीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ मिलनचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय निराजन बिष्टलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

पर्सा, वीरगंज महानगरपालिका-१३ पावरहाउस चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ३ सय २० मिलिग्राम सहित सोही महानगरपालिका-२९ बस्ने ६१ वर्षीय ठाकुर प्रसाद साह कानुलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले प्रदेश २-०३-०२० प ८७२४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-१ फोरलाईन पुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ८० मिलिग्राम सहित भिमदत्त नगरपालिका-१० बस्ने २४ बर्षीय विमल बिष्ट समेत २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट झोलुङ्गे र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले म.१ प ७०४४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   

बाँके, कोहलपुर नगरपालिका-११ लोकनगर बस्ने २७ वर्षीय कमल थापा र २३ वर्षीय राहुल थारूलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय १० मिलिग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले राहुलको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै