• २०८१ पौष २१ आइतबार

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ

kharibot

कञ्चनपुर, बेलौरी नगरपालिका-२ बैजुडाँडास्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ४ सय २० मिलिग्राम सहित कृष्णपुर नगरपालिका-५ गुलरीया बस्ने २७ वर्षीय गणेश बहादुर खड्का र ३३ वर्षीय चेतराज भण्डारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टेडुवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०१-०१० प १३२५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी कञ्चनपुर, भिमदत्त नगरपालिका-९ ब्रह्मदेवस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३५ वर्षीय गणेश बुढालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ब्रह्मदेवबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

बाँके, नेपालगंज उपमहानगरपालिका-१८ कारकाँदोबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम सहित जुम्ला चन्दननाथ नगरपालिका-९ बस्ने २२ वर्षीय केशव गिरी र बाँके जानकी गाउँपालिका-५ बस्ने ४० वर्षीय मुराद खाँ लाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

चितवन, भरतपुर महानगरपालिका-११ भोजाडचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २० ट्याब्लेट र स्टेगन १ सय ट्याब्लेट सहित भरतपुर महानगरपालिका-७ बस्ने २० वर्षीय बिपिन परियारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  अस्थायी प्रहरी बिट भोजाडबाट खटिएको प्रहरीले पदमपुरबाट बिशालचोकतर्फ आउँदै गरेको ना.१ ज ६७५४ नम्बरको म्याजिकमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा कालिका नगरपालिका-२ पदमपुर बस्ने २८ वर्षीय सागर भण्डारीलाई नियन्त्रणमा लिई भण्डारीले सोही ठाउँ बस्ने उनको मामा ५३ वर्षीय भुपाल पौडेलको घरमा लुकाई छिपाई राखेको ट्रामाडोल २१ हजार ३ सय ६० ट्याब्लेट, स्टेगन २१  हजार २ सय ६० ट्याब्लेट र नगद २१ हजार ५ सय ३० रूपैयाँ फेला पारी भण्डारी र भुपाललाई समेत प्रहरीले पक्राउ गरेको छ । 

झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम १ सय ७० मिलिग्राम सहित मोरङ पथरीशनिश्चरे नगरपालिका-९ बस्ने ३१ वर्षीय जित बहादुर चौहान र सोही नगरपालिका-४ बस्ने २४ वर्षीय सुजित राईलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतको पानीटंकीबाट काँकरभिट्टातर्फ सिटीरिक्सामा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० नारायणी मल नजिकबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाश गाउँपालिका-५ भैराङ बस्ने ३० वर्षीया अंजली गोले र हेटौंडा उपमहानगरपालिका-३ बसामाडी बस्ने ५१ वर्षीया ज्ञानुमायाँ गोले रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै