पर्सा । पर्सा जिल्लाको वीरगंज महानगरपालिका–१६ भन्सार ईलाकाबाट पुस १५ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
सोही जिल्लाको बहुदमाई गाउँपालिका–३ नगरदाहा बस्ने अन्दाजी ३६ वर्षिय मिश्री रामलाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले नियन्त्रणमा लिएको हो ।
भारतबाट पैदल आउँदै गरेका उनले टाउकोमा बोकी ल्याउँदै गरेको हरियो खुर्साको बोराभित्र लुकाई छिपाई राखेको डाईजापाम ४ सय ९० एम्पुल, बुप्रेनोर्फिन ४ सय ९९ एम्पुल, नोफिन २ सय ९७ एम्पुल र प्रोमाथाजिन हाईड्रोक्लोराईड ईन्जेक्सन ४ सय ९७ एम्पुल फेला पारेको हो ।
नियन्त्रणमा लिएका उनलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि सम्बन्धित नियकायमा बुझाईएको छ ।