• २०८१ पौष २४ बुधबार

अमेरिकी इतिहासकै सबैभन्दा ठूलो विस्फोटक पदार्थ बरामद

kharibot

काठमाडौँ । अमेरिकी अनुसन्धान एजेन्सी एफबीआई (फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन) ले भर्जिनियाको एक फार्ममा छापा मार्दा १५० वटा बम बरामद गरेको जनाएको छ ।

यो अमेरिकाको इतिहासमा सबैभन्दा ठूलो विस्फोटक बरामद हो । आइल अफ वाइट काउन्टीका ब्राड स्पाफोर्ड नामका एक व्यक्तिलाई डिसेम्बर १७ मा पक्राउ गरिएको थियो । एफबीआईलाई उनले हतियार र गोलाबारुद संकलन गरिरहेको जानकारी प्राप्त गरेको थियो ।

अभियुक्तको घरको सुत्ने कोठामा भेटिएको असुरक्षित झोलामा ‘नो लाइभ म्याटर’ लेखिएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

वास्तवमा, 'नो लाइभ्स म्याटर' अमेरिकामा अति दक्षिणपन्थी र सरकार विरोधीको सन्दर्भमा प्रयोग गरिन्छ । ब्राडका वकिलले उनीमाथि लगाइएको आरोप अस्वीकार गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै