• २०८१ पौष २३ मंगलबार

बंगलादेशमा कहिले हुन्छ आम निर्वाचन ?

kharibot

काठमाडौँ । बंगलादेशको शेख हसिना सरकारलाई सत्ताबाट हटाएपछि मोहम्मद युनुसको नेतृत्वमा एउटा अन्तरिम सरकारले बंगलादेशको शासन गरिरहेको छ । सत्तामा आएदेखि नै अन्तरिम सरकारले निर्वाचनको मिति घोषणा गर्न माग गर्दै आएको छ । अब बढ्दो दबाबका बीच मोहम्मद युनुसले सन् २०२५ को अन्त्यमा वा २०२६ को शुरुमा चुनाव हुने बताएका छन् ।

राष्ट्रपति मोहम्मद शहाबुद्दिन र अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले स्वतन्त्रता दिवसको अवसरमा सोमबार राजधानी ढाकास्थित राष्ट्रिय स्मारकमा शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । त्यसपछि मोहम्मद युनुसले राष्ट्रिय प्रसारणमा राष्ट्रका नाममा सम्बोधन गरेका थिए । सोही सम्बोधनमा युनुसले बंगलादेशमा सन् २०२५ को अन्त्यमा वा सन् २०२६ को सुरुमा आम निर्वाचन हुने बताए । गत महिना मात्रै युनुसले बंगलादेशमा अगावै निर्वाचन गराउन अस्वीकार गरेका थिए र संविधान र निर्वाचन आयोगलगायत अन्य निकायमा भएको सुधारलाई कारण बताएका थिए ।

युनुसले संविधान र विभिन्न संस्थामा भएका धेरै सुधारको अनुगमन गर्न आयोग गठन गरेका छन् । युनुसले आफ्नो सम्बोधनमा भनेका छन्, 'चुनावको मिति राजनीतिक दलहरूले केमा सहमति जुटाउँछन् त्यसमा भर पर्छ।' युनुसले भने, ‘मैले सधैं निर्वाचनको व्यवस्था गर्नुअघि सुधार गर्नुपर्नेमा जोड दिएको छु । निर्दोष मतदाता नामावली जस्ता न्यूनतम सुधारका साथ निर्वाचन गराउन राजनीतिक दल सहमत भए मंसिरको अन्त्यसम्ममा निर्वाचन हुनसक्छ । तर निर्वाचन सुधारको काम सम्पन्न हुन केही महिना ढिलाइ हुनसक्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै