काठमाडौँ । नेपालले महिला यू-१९ एशिया कपको सुपर फोर अन्तर्गतको खेलमा बंगलादेशलाई ५५ रनको लक्ष्य दिएको छ ।
यो खेल बर्षाले प्रभावित भएपछि ११-११ ओभर खेलाइएको थियो ।
नेपालले टस हारेर पहिला ब्याटिंग गर्दै ११ ओभरमा ८ विकेट गुमाएर ५४ रन मात्र बनाएको छ । नेपालका लागि सावित्री धामीले सर्बाधिक ११ रन बनाएकी थिइन् भने अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए ।
यो खेलमा विजयी हुने देश फाइनलमा भारतसँग खेल्ने भएको छ । भारत यसअघि नै फाइनलमा पुगीसकेको छ । फाइनल खेल आइतबार हुदै छ ।