• २०८१ भदौ २३ आइतबार

सिरहामा हत्या गरेको अभियोगमा पक्राउ

kharibot

सिरहा । सिरहाको धनगढीमाई नगरपालिका-६ बस्ने १९ वर्षीय राजकुमार सदाको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३२ वर्षीय जोगिन सदालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

जोगिनले विवादको क्रममा बियरको बोतल र लठ्ठी प्रहार गर्दा राजकुमारको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै