• २०८१ असार १२ बुधबार

राजेन्द्र लिङदेनको प्रश्न- यस्तो बजेट कसरी लेख्न सकेको ?

kharibot

काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले स्थनीय तह र केन्द्र मात्र भएको व्यवस्था बनाउनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै अहिले हामीले हिडिरहेको बाटो पुनर्विचार गर्न आग्रह गर्दै यो देश बचाउने मुद्धा भएको बताएका हुन् ।

विनियोजन विधेयकमाथिको छलफलमा भाग लिदै लिङदेनले यो हार जितको विषय नभएको बताउदै यस्तो बजेट ल्याउन यो व्यवस्था ल्याएको हो भन्दै प्रश्न गरेका छन् ।

उनले यो निर्वाचन प्रणालीलाई खारेज गर्न माग गर्दै खर्चको भारी रहेको प्रदेश हटाउन माग गरेका छन् । उनले अधिकार तल्लो तहमा पठाउने संघियताप्रति आफुहरुको कुनै आपत्ति नरहेको भन्दै अब प्रणालीमा सुधार गर्ने समय आएको बताए ।

उनले बजेट एउटा निर्वाचन क्षेत्रमा मात्र राखेर लेख्न कसरी सकिन्छ भन्दै यो ज्यादती भएको आरोप लगाए । उनले सबै सांसदलाई यो बजेट खारेज गर्नुपर्ने बताए ।

उनले योजना आयोगले भनेका के विषय बजेटमा आएको छ भन्ने प्रश्न गर्दै योजना आयोगलाई जोकर बनाएको टिप्पणी गरेका छन् । उनले भौतिक योजनामन्त्री रघुवीर महासेठले आफ्नोसहित ३-४ नेताको जिल्लामा मात्र बजेट केन्द्रित गरेको भन्दै रोष्टममै बजेट पुस्तिका च्यातेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै