• २०८१ असार ९ आइतबार

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम सार्बजनिक

kharibot

काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज (बुधबार) प्रदेश सभा बैठकमा प्रदेश प्रमुख तिलक परियारले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रदेश सरकारको नीति तथा कार्यक्रममा शिक्षा, स्वाथ्य, कृषि, सिँचाइलगायतका पक्षहरुलाई प्राथमिकता दिइएको छ ।

नीति तथा कार्यक्रममा कर्णाली प्रदेशमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक तयारीसँगै पूर्वाधार विकासलाई प्राथामिकता दिइएको छ । आधुनिक सुविधासहितको प्रदेश रङ्गशाला निर्माणको कार्य समय सीमाभित्रै सम्पन्न हुने पनि उल्लेख छ ।

साथै, मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार युवाहरुलाई रोजगारका विभिन्न अवसर उपलब्ध गराउन कर्णाली प्रदेशका सबै वडाहरुमा प्रदेश सरकारको उपस्थिति रहने पनि बताइएको छ ।

रैथानेबाली संरक्षण र उत्पादनका लागि पकेट क्षेत्र निर्धारण गरिनेदेखि कृषिमा सहुलियत व्याजको अनुदानसम्मका कुराहरुलाई नीति तथा कार्यक्रमले समेटेको छ ।

स्वास्थ्यअन्तर्गत प्रदेश मातहतका अस्पतालको सेवालाई थप प्रभावकारी बनाउँदै लगिने र प्रदेश अस्पतालबाट एमआरआई र मृगौला प्रत्यारोपनको सेवा सञ्चालन गरिने बताईएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै